बिहीवार एकैदिन कञ्चनपुरका ८ जना कोरोना संक्रमितको ज्यान गयो

 बिहीवार एकैदिन कञ्चनपुरका ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना, शुक्लाफाँटा नगरपालिकाका १ र दोधारा चादनी नगरपालिकाका १ जना गरी कुल ८ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो संगै हालसम्म कञ्चनपुरका ५६ जना कोरोना संक्रमितको ज्यान गएको समेत स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै बिहीवार कञ्चनपुरमा १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार कोरोना पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९९ जना, दोधारा चादनी नगरपालिकाका १ जना, शुक्लाफाँटा नगरपालिकाका ४० जना, कृष्णपुर नगरपालिकाका ११ जना र पुर्नवास नगरपालिकाका ९ जना रहेका छन् । हालसम्म पिसिआर परीक्षण गर्दा कञ्चनपुरका २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एन्टिजेन परीक्षण गर्दा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित

Comments are closed.