कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको शुक्रवार बसेको बैठकले दार्चुलामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन दार्चुलालाई अनुरोध गरेको छ । बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लामा आइतबारदेखि लागू हुने गरी वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
Comments are closed.