खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीमा एक युवकको ज्यान गयो

 खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीमा एक युवकको ज्यान गएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ मसुरिया बस्ने २७ वर्षीय जंग बहादुर चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ११ चुट्की टिकापुरस्थित लिक्मा नदीमा विद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर चौधरी गम्भीर घाइते भएपछि प्रहरीले उहालाई उपचारका लागि सौगात मेडिकल बडैपुरमा पठाएकोमा उपचारको क्रममा उहाको ज्यान गएको हो । उहासँग माछा मार्न गएका अन्य ५ जनालाई नियन्त्रणमा लिई त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित

Comments are closed.