सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यादवद्धारा पदभार ग्रहण,

 सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नु भएको छ । बिहीबार राति गृह जिल्ला सप्तरीबाट कैलालीको धनगढी आइपुग्नु भएका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिनु भयो । पदभार ग्रहण गर्दै उहाले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताउनु भयो ।

 पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी थिए । खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेका कारण डोटीमा रहेकाले प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागी हुन नसकेको बताउनु भयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.