कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० जना पुगेको छ । शुक्रवार ३ जना कोरोना संक्रमितको ज्यान गएसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना र दोधारा चादनी नगरपालिकाका १ जना कोरोना संक्रमितको ज्यान गएको हो । यस्तै शुक्रवार कञ्चनपुरका १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज शुक्रवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ सय ८ जना, वेदकोट नगरपालिकाका ६ जना, शुक्लाफाँटा नगरपालिकाका ३ जना, कृष्णपुर नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका ८ जना र बेलौरी नगरपालिकाका ३ जना रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।