पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

 पछिल्लो २४ घण्टामा नेपालमा नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । हिजो बिहीवार नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

 योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन जना पुगेको छ । नेपालमा अहिले ७८ हजार ६ सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप ५० कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार पाँच सय ७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार नौ सय पाँच जना कोरोना सङ्क्रमित कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ जनापुगेको छ ।

सम्बन्धित

Comments are closed.