डडेल्धुरामा १० दिन निषेधाज्ञाको अवधि थपियो,

 कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले १० दिन निषेधाज्ञा थपेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । पहिले शनिबारसम्म निषेधाज्ञा गरेको थियो । विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै २५ देखि जेठ ४ गतेसम्म निरन्तरता दिइएको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भयो ।

 अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उहाले बताउनु भयो । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।

सम्बन्धित

Comments are closed.