दैनिकजसो कोरोना संक्रमितको संख्या बढि रहेको बैतडीमा जिल्ला प्रशासन कार्यालय बैतडीले लगाएको निषेधाज्ञाको पुर्ण रुपमा पालना भइ रहेको जनाइएको छ । दैनिकजसो कोरोना संक्रमित थपिनेक्रम जारी नै भएपनि जिल्ला प्रशासन कार्यालय बैतडीले विभिन्न क्रियाकलापहरुमा रोक लगाउदै गरेको निषेधाज्ञाको पुर्ण रुपमा पालना भइ रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र भारतीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार हाल बैतडीमा खाद्यान्न, कुखुराका दाना बोकेका सवारी साधन एवम् अत्यावश्यक सेवाका सवारी साधनहरु सञ्चालन गर्न दिइएको छ ।
निषेधाज्ञाको पालना भए नभएको अनुगमन गर्नका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी सहित प्रहरीहरु जाने गरेका जनाईको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे शुक्रवार मात्रै अनुगमनमा गएका भएपनि शनिवार समेत उहा अनुगमनमा जानु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिनु भयो । हाल बैतडीमा ११ वटा एम्बुलेन्स रहेका छन् भने २० सिलिण्डर अक्सिजन रहेको छ । बैतडीमा रहेको आइसीयु भने दक्ष प्राविधिकको अभावमा सञ्चालनमा नरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी भारतीले जानकारी दिनु भयो । उहाका अनुसार हाल बैतडीमा औषत २० देखि ३० जना दैनिक रुपमा भारतबाट फर्किने गरेका छन् ।
यसैविच बैतडीमा शनिवार मात्रै थप १ सय ११ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिवार थपिएकासंगै बैतडीमा कोरोनाका संक्रीय संक्रमितको संख्या ५ सय ४७ जना पुगेको छ । बैतडीमा हालसम्म ७ जनाको ज्यान गएको छ । हाल बैतडीमा होम आइशोलेसनमा ३ सय ६८ जना रहेका छन् । यसैगरी क्वारेन्टाइनमा ७२ जना रहेका छन् । यस्तै बैतडीमा कोरोना संक्रमितहरु सामान्य उपचार गरेर निको भइ घर फर्किनेहरुको संख्या बढि रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र भारतीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । यस्तै बैतडीमा सञ्चालन रहेका सम्पुर्ण आयोजनाहरु निषेधाज्ञाको समयमा समेत सबै सञ्चालनमा रहेका उहाले बताउनु भयो ।
ती आयोजनामा कार्यरत कामदारहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि नहोस् भन्नका लागि कामदारहरुको स्वास्थ्य सुरक्षाका सम्पुर्ण जिम्मा आयोजना र निर्माण व्यवसायीले लिने गरी आयोजना सञ्चालन भइ रहेका र त्यस विषयमा आयोजना र निर्माण व्यवसायीसंग जिल्ला प्रशासन कार्यालय बैतडीले सम्झौता गर्ने गरेको छ । साथै ती सञ्चालित आयोजनाहरुको निरीक्षण समेत नियमित रुपमा हुने गरेको जनाइएको छ । त्यस्तै आयोजना क्षेत्रमा सुरक्षित क्वारेन्टाइनमा रहेका र त्यसमा आयोजनामा काम गर्ने कामदारहरुलाई राख्ने गरिएकोे जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र भारतीले शुक्लाफाँटा एफ्.एम्लाई जानकारी दिनु भयो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुख्य समस्या के रहेको छ ? भनी प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी भारतीले कोरोना भाइरसको संक्रमण पुष्टि हुनेहरु होम आइशोलेसनमा बस्दा उहाहरुको निगरानी र व्यवस्थापन ठुलो समस्याका रुपमा रहेको बताउनु भयो । कोरोना संक्रमितहरुले होम आइशोलेसनमा बस्छौ भनेर भन्ने गरेका भएपनि घरमा शौचालय एउटै प्रयोग हुने तथा स्वास्थ्य सुरक्षाका उपायहरु पुर्ण रुपमा पालना नहुदा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी एवम् प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनु भयो ।
Comments are closed.