बझाङमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतबाट आउनेहरुको व्यवस्थापन प्रमुख चुनौती देखिएको छ । कैलाली, कञ्चनपुर र बैतडी लगायतका जिल्लाहरुका सीमा नाका भएर भारतबाट फर्किेनेक्रम जारी रहेको तिनीहरुको व्यवस्थापन नै मुख्य चुनौती रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । बझाङमा हालसम्म कोरोना संक्रमितको संख्या झण्डै ५ सय पुग्न लागिसकेको र हालसम्म ७ जना कोरोना संक्रमितको ज्यान गइ सकेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
यसैविच प्रमुख जिल्ला अधिकारी अधिकारीले कैलाली, कञ्चनपुर र बैतडी लगायतका जिल्लाहरुका सीमा नाका भएर भारतबाट फर्किएका कतिपयको सीमामा कोरोना परीक्षण नै नगरी बझाङ जिल्लामा पठाइ दिनेक्रम जारी रहेकाले त्यस्ता कार्यहरु रोकेमा मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सकिने बताउनु भयो । यस्तै आइशोलेसनमा समेत अक्सिजनको व्यवस्था भइ दिए जिल्ला कोरोना संक्रमितको उपचारमा सहजता आउने र जिल्ला अस्पताल बझाङलाई पनि भार कम हुने बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनु भयो ।
साथै जिल्ला अस्पताल बझाङमा अक्सिजन प्लान्ट राखिएमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि पहल गर्न सकिने बझाङका प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनु भयो । अहिले कोरोना संक्रमितको उपचारका लागि जिल्ला अस्पताल बझाङले धानि रहेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।