कोरोनाको संक्रमण बढि रहेका बेला कञ्चनपुरका सीमा नजिकका दुइ वटा स्थानीय तहहरुले अझै क्वारेन्टाइन निर्माण गरेनन्,

 कञ्चनपुरमा पनि कोरोना भाइरसको संक्रमण बढि रहेका बेला कञ्चनपुरका सीमा नजिकका दुइ वटा स्थानीय तहहरुले क्वारेन्टाइन निर्माण नगरेका पाइएको छ । कञ्चनपुरमा दैनिकजसो कोरोना संक्रमितको संख्या बढि रहेको र कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या समेत बढि रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा क्वारेन्टाइन नै निर्माण नगरीका पाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा हाल क्वारेन्टाइन निर्माण नगरीएको भीमदत्त नगरपालिकाका आधारभूत स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक नरेन्द्र राज जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 भारतमा नयाँ प्रकारको कोरोनाको संक्रमण देखिनेक्रम बढि रहेका बेला भारतबाट स्वदेश फर्किनेहरुलाई केही दिन क्वारेन्टानमा राख्न स्वास्थ्य क्षेत्रका जानकारहरुले सुझाव दिइ रहेका भएपनि भारतसंग सीमा जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकामा अझै क्वारेन्टाइन निर्माण गरिएको छैन् । भीमदत्त नगरपालिका भित्र रहेको आइ सी एच भवनमा आइशोलेसन रहेको र त्यसको व्यवस्थापनमा भीमदत्त नगरपालिकाले समेत सहयोग गरी रहेको बताउदै भीमदत्त नगरपालिकाका आधारभूत स्वास्थ्य तथा सरसफाइ उपशाखाका जनस्वास्थ्य निरीक्षक नरेन्द्र राज जोशीले हाल क्वारेन्टाइन भने निर्माण नै नगरीएका बताउनु भयो ।

 भारतबाट आएका कञ्चनपुर बासीहरुको सीमा नाकामा कोरोना परीक्षण हुने गरेको र कोरोना पुष्टि भएमा आइशोलेसनमा कोरोना पुष्टि नभएको उहाहरुलाई घर पठाउने गरिएको जनस्वास्थ्य निरीक्षक जोशीले बताउनु भयो । भीमदत्त नगरपालिकाका अगुवाईमा हाल कञ्चनपुरको गड्डाचौकीमा अस्थायी होल्डिंग सेन्टर भने निर्माण गरिएको छ । यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकामा पनि क्वारेन्टाइन निर्माण नगरीएको पाइएको छ । वेदकोट नगरपालिकाको कार्यायल पछाडि ६ बेडको आइशोलेसन रहेपनि क्वारेन्टाइन भने निर्माण नगरीएको वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरीषा पालले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 हाल वेदकोट नगरपालिकाले सञ्चालन गरेको आइशोलेसनमा एक जना कोरोना संक्रमित रहेका समेत उहाले जानकारी दिनु भयो । वेदकोट नगरपालिकामा अस्थायी कोभिड अस्पताल समेत सञ्चालनमा नरहेको कञ्चनपुरको वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरीषा पालले बताउनु भयो । भारतबाट स्वदेश फर्किनेहरु दिनप्रतिदिन बढि रहेका बेला क्वारेन्टाइनमा नराखी उहाहरुलाई सिधै समुदायमा पस्न दिदा समुदायमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न सक्ने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.