कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ महेन्द्रनगरमा रहेको सिटी हल लाई तत्काल कोरोना अस्थायी अस्पताल बनाउन जनबाहिनी नेपालले माग गरेकोे छ । विभिन्न सामाजिक कार्यमा संलग्न जनबाहिनी नेपालले कोरोना महामारीको संकटकालीन समयमा उपयोग बिहीन र बन्जर अवस्थामा रहेको सिटी हललााई तत्काल कोरोना अस्थायी अस्पताल बनाउन माग गरेको हो । जनताको स्वास्थ्य सुरक्षाका सवालमा बाहानाबाजी नगरी स्थानीय सरकारले सीटी हललाइ तत्काल कोरोना अस्थायी अस्पताल बनाइ कोरोना रोकथाम तथा न्युनीकरणमा अग्रसर हुनुपर्ने जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले बताउन भयो ।
कोरोना संक्रमितहरुलाई बेडको अभाव भइ रहेका बेला सिटी हललाई अस्थायी कोभिड अस्पताल नबनाइनुको कारण बारे बुझ्दा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले जनशक्ति तथा अन्य स्रोत साधनको अभावका कारण सिटी हललाई कोभिड अस्थायी अस्पताल बनाउ नसकिएको बताउनु भयो । साथै उहाले जनताको स्वास्थ्य सुरक्षाको निम्ती आफुहरुको ध्यान कञ्चनपुरको महाकाली अस्पतालको क्षमता अभिबृद्धी गर्ने र अन्य सम्भाब्य संरचनाहरुको पहिचान गरी कोरोना संक्रमितको ब्यबस्थापन गर्नेतर्फ रहेको बताउनुभयो ।