कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा समुदाय स्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । भारतसंग सीमा जोडिएको महाकाली नदी पारीको दोधारा चादँनी नगरपालिकामा भारतबाट आउनेहरु सिधै समुदायमा जानेक्रम जारी रहेकाले समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेको हो । विश्वमै सबैभन्दा बढि कोरोना सक्रमित देखिने राष्ट्रहरुको सुचीमा दोस्रो नम्बरमा रहेको र दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गइ रहेको भारतबाट दोधारा चादँनी नगरपालिकाका बासिन्दाहरु क्वारेन्टाइनमा बस्दै नबसी सिधै घर जान थालेका जनाइएको छ । भारतबाट आएकाहरुलाई राख्नका लागि कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा हालसम्म क्वारेन्टाइन समेत निर्माण गरिएको छैन् ।
२५ बेडको एउटा आइशोलेसन रहेको भएपनि हालसम्म एउटा पनि क्वारेन्टाइन निर्माण नगरीएको कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक जय बहादुर महराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । भारतबाट आउनेहरु सिधै घरमा जाँदा समुदाय स्तरमा समेत कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य शाखा उहाले बताउनु भयो । भारतबाट आउनेहरुको तथ्यांक राख्ने गर्नु भएको छ भनेर प्रश्न गर्दा दोधारा चादँनी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक महराले भारतबाट फर्किनेहरु विभिन्न करीब १८ वटा स्थानबाट नगरपालिका भित्र प्रवेश गरी रहेकाले उहाहरुको तथ्यांक राख्न नै सम्भव नभएको बताउनु भयो । सुरक्षा निकायले समेत उहाहरुको नियन्त्रण गर्न नसकेको जनाइएको छ । हालसम्म कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका १ सय २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भइ सकेको छ भने २ जना कोरोना संक्रमितले ज्यान गुमाइ सकेका छन् ।
Comments are closed.