मुख्यमन्त्री कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ का किसानलाई मुख्यमन्त्री कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई अनुदानमा कृषि उपरकण तथा औजार वितरण गर्नु भएको हो । मुख्यमन्त्री कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत १३ जना किसानलाई पावर टिलर, साना सिंचाइ चार सेट, पोलिहाउस १६ वटा, मल्चिङ प्लाष्टिक २० थान, थोपा सिंचाइ १६, स्प्रे टेंकी ३० वटा, तरकारी गोड्ने मेसिन पाँच वटा, बिउ र बिषादी ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो ।

 आर्थिक वर्ष २०७६÷७७ देखि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको पिपलाडी र जोनापुर गाउँका किसानलाई आवद्ध गराई कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष किसानलाई अनुदानमा कृषि औजार र उपकरण उपलब्ध गराइँदै आएको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष चौधरी बताउनु भयो । चालु आर्थिक वर्षमा कार्यक्रम अन्तर्गत ७१ लख ६५ हजार ९२३ रुपैयाँ कृषि औजार र उपकरण वितरण गरिएको मुख्यमन्त्री कृषि नमुना गाउँ समन्वय समितिका संयोजक टिकुराम डगौराले बताउनु भये । उक्त रकममध्ये सुदूरपश्चिम सरकारको ४९ लाख ९९ हजार ८८५ र किसानको २१ लख ६६ हजार ३८ रुपैयाँ रहेको छ । पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी गाउँको रुपमा रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.