सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अक्सिजनको अभाव

 सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण बढि रहेका बेला सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा अक्सिजनको अभाव भइ रहेको छ । खासगरी सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढि रहेको भएपनि दक्ष जनशक्ति र अक्सिजनको अभाव भएको जनाइएको छ । यसैविच बैतडीको पाटन नगरपालिकाले पनि अक्सिजन सिलिण्डरको अभाव हुदा समस्या भइ रहेको बताएको छ ।

 कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढि रहेका बेला सुदुरपश्चिम प्रदेश सरकार र संघीय सरकारले सहयोग नगरीदिदा कोरोना संक्रमण रोकथामका लागि समस्या भइ रहेको बताउदै बैतडीको पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दले अक्सिजनको अभाव भइ रहेको बताउनु भयो । यस अघिको कोरोना संक्रमणका बेला तुलनात्मक रुपमा कम व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भएपनि यस वर्ष भने कोरोना भाइरसका संक्रमितको संख्या बढि रहेको उहाले बताउनु भयो । भारतबाट फर्किनेहरुको क्रम समेत जारी नै रहेको बेला कोरोनाको परीक्षण गरिएकामध्ये ४० देखि ५० प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भइ रहेको बताउनु भयो ।

 पछिल्लो समय जुन स्थानमा व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ सो स्थानका अन्य व्यक्तिहरुको समेत कोरोना भाइरसको संक्रमण भएनभएको परीक्षण गर्ने गरिएको बैतडीको पाटन नगरपालिकाका नगर प्रमुख केशव बहादुर चन्दले बताउनु भयो । नगरपालिकाले भ्याएसम्म कोरोना भाइरसको संक्रमण रोकथामका लागि पहल गरी रहेको बताउदै उहाले स्वास्थ्य सामाग्रीको भने अभाव रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.