कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीद्धारा बरामद

 कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी ल्याइएका २ लाख १८ हजार रुपैया भन्दा बढि मुल्य बराबरका भन्सार छली गरी ल्याइएका सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका दुई लाख अठार हजार चार सय नब्बे रुपैया बराबरका सरसामानहरु बरामद गरी आइतवार गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर र त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जनाइएको छ ।

 कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा नम्बर १ पक्की पुल स्थित भन्सार, छली चोरी पैठारी गरी ल्याएको बिडी, खाने तेल, जुसी, बिस्कुट र नुन गरी अन्दाजी ५४ हजार ८० रुपैया र कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बन्धाताल र बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियाबाट बिडी, सुर्ती, सलाई, चिनी, पेय पदार्थ र भारतीय नम्बर प्लेटका २ थान स्कुटी गरी अन्दाजी १ लाख ६४ हजार ४ सय १० रुपैयाका गरी कुल २ लाख १८ हजार ४ सय ९० रुपैया बराबरका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.