नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७ सय ८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७ सय ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनु भयो । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना सङ्क्रमित कोरोनामुक्त भएको बताउनु भयो । उहाँले हाल ८८ हजार १६० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताउनुभयो । मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जनाको ज्यान गएको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा २६ जना थप गरी ८८ जनाको ज्यान गएको बताउनु भयो
Comments are closed.