जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द

 जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको जिल्ला कारागार डोटी प्रशासनले जनाएको छ । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कार्यालयका लालबहादुर बोगटीले बताउनु भयो ।

 उहाले डोटीमा कोरोना सङ्क्रमित दैनिक बढ्दै गइरहेका बताउदै कैदीका आफन्त पनि भेटघाटमा आउने भएकाले कारागारमा पनि कोरोना सर्नसक्ने हुँदा सहज परिस्थिति नहुँदासम्म कैदीबन्दीसंगको भेटघाट बन्द गरिएको बताउनु भयो । कारागार प्रशासनले जिल्ला अदालत डोटीबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई कारागार ल्याउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ । जिल्ला कारागार डोटीमा विभिन्न मुद्दाका दुई महिला र ४६ पुरुषसहित ४८ कैदीबन्दीलाई राखिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.