कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

 कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६२३ जनाको स्वावको नमूना परीक्षण गर्दा ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै २४० जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका ७३ जना र अन्य जिल्लाका १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.