सुदुरपश्चिम प्रदेशमा कोरोनाका संक्रमितहरु भेटिने क्रम तिब्र भएपछि निजी र सरकारी अस्पतालमा बेड अभाव हुन थालेको छ । यसै कुरालाई मध्यनजर गरेर कैलालीको गेटामा ५ सय शैयाको आइसोलेशन बनाउने तयारी थालिएको छ । जिल्ला कोभीड संकट व्यवस्थापन समिति (डीसिसिएमसी)कैलालीको मातहत रहने गरी पाँच सय शैयाको आईसोलेशन निर्माण भइरहेको हो । कैलालीको गोदावरी नगरपालिकामा पर्ने उक्त गेटा मेडिकल कलेजमा स्थापना हुने आईसोलेशनको व्यवस्थापनको जिम्मा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई दिइएको छ ।
आईसोलेशन सेन्टरमा फोकल पर्सनका रुपमा तोकिनुभएका गोदावरी नगरपालिकाका प्रबत्ता सर्वानन्द भट्टले मेडिकल कजेलमा ३० बेडहरु सरकारी पक्षबाट र सोमबार एक सय बेड निजी अस्पतालसँग समन्वय गरेर गेटा मेडिकल कलेजमा राखिएको बताउनुभएको छ । मेडिकल कलेजको उक्त भवनमा खानेपानी र बिद्युत जडानको काम सम्पन्न भइसकेको छ भने वरिपरी तारबार गर्ने काम सँगै संघिय सरकारले दिने अक्सिजन ग्याँस पनि यसै साता भित्र कैलाली आइपुग्ने र आइसोलेसन सञ्चालन गरिने उहाको भनाई छ ।
अहिलेलाई त्यहाँ स्वास्थ्यकर्मीको ब्यवस्थापन भने कैलालीको धनगढी र गोदावरी नगरपालिकाले हेर्ने बताइएको छ । अहिले कैलालीको सेती प्रादेशीक अस्पताल, महाकाली अस्पताल, टीकापुर, डडेल्धुरा अस्पतालसहित प्रदेशभरीका जिल्ला अस्पतालहरुमा बिरामीहरुको चाप थेगिनसक्नु छ । त्यहाँको जनशक्ति, उपलब्ध साधनस्रोतले बिरामीहरुले सहज रुपमा उपचार पाइरहेका छैनन् । सबैजसो अस्पतालमा अक्सिजनको अभाव भएको छ। यस भवनमा आइसोलेसन सञ्चालनमा आए बेड र उपचारको सहज ब्यवस्था हुने बिस्वास लिइएको छ ।
Comments are closed.