बैतडीमा एक जना कोरोना संक्रमितको ज्यान गयो,

 जिल्ला अस्पताल बैतडीमा उपचाररत एक कोरोना संक्रमित वृद्धाको सोमबार ज्यान गएको छ । ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया महिला रहेका जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिउनु भयो । कोरोना संक्रमित भएर यही वैशाख २३ गते अस्पताल भर्ना भएकी ती वृद्धाको अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । अक्सिजनको सहायतामा उपचार भइरहेको भए पनि श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको र सोमबार अस्पतालमै ज्यान गएको हो ।

 योसँगै बैतडीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । यसअघि वैशाख २५ गते बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ का ५८ वर्षीय पुरुष, वैशाख २४ गते पाटन नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पुरुष, वैशाख २२ गते पाटन नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय पुरुष र वैशाख १४ गते दशरथचन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकका ३२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको थियो । बैतडीमा हाल कोरोनाका ६ सय भन्दा बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोनाका संक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.