कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि विभिन्न पहलहरु भइ रहेका कैलालीको धनगढी उपमहानगरपालिकाको भनाई,
कैलालीको धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि विभिन्न पहलहरु गरी रहेको जनाएको छ । प्रत्येक दिन कोरोना संक्रमित थपिनेक्रम जारी रहेको सुुदुरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय कैलाली, प्रदेश सरकार तथा अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरेर कोरोना भाइरसको संक्रमण रोकथाम गर्नका लागि पहल गरि रहेको जनाएको छ ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १५ मा आइशोलेसन निर्माण गरेको र प्रदेश सरका, कैलालीका जिल्लाका अन्य पालिकाहरुको समन्वयमा संघीय सरकारको नेतृत्वमा गेटा मेडिकल कलेजमा १ हजार बेडको आइशोलेसन निर्माणको कार्य भइ रहेको कैलालीको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । साथै धनगढी उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट टे«सिङ गर्ने कार्यलाई निरन्तरता दिइ रहेको उहाले बताउनु भयो ।
Comments are closed.