कञ्चनपुरको महेन्द्रनगरमा रहेको पञ्चदेव बहुउदेश्यीय सहकारी संस्थाले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमितको उपचारमा समस्या भइ रहेको र स्वास्थ्य सामाग्रीको अभाव भइ रहेका बेला पञ्चदेव बहुउदेश्यीय सहकारी संस्थाले ५० हजार रुपैया आर्थिक सहयोग गरेको हो ।
स्वास्थ्य सामाग्रीको व्यवस्थापनका लागि सहयोग पुगोस् भन्ने उद्येश्यले महाकाली अस्पतालाई आर्थिक सहयोग गरिएको पञ्चदेव बहुउदेश्यीय सहकारी संस्थाले जनाएको छ । पञ्चदेव बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक पदमराज जोशी लगायतका सहकारी संस्थाका कर्मचारीहरुको सहभागितामा महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई ५० हजार रुपैया बराबरको चेक हस्तान्तरण गरिएको जनाइएको छ ।
Comments are closed.