जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट अक्सिजन ग्यास सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको छ । धनगढीका विभिन्न ग्यारेज र वर्कसपमा अनावश्यक रूपमा भण्डारण गरिएका ५२ थान सिलिण्डर जफत गरी सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले बताउनु भयो । उहाका अनुसार जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उप–महानगरपालिका, सरकारी तथा गैरसरकारी निकाय र अन्य विभिन्न संघ संस्थाहरूसँगको समन्वयमा अक्सिजन ग्यास सिलिण्डर जफत गरिएको हो
Comments are closed.