सोमवार कञ्चनपुरका१ सय ३० जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । यस्तै कञ्चनपुरमा सोमवार मात्रै थप १ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ सय २७ जना, दोधारा चादँनी नगरपालिकाका ४ जना, वेदकोट नगरपालिकाका ८ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना र बेलौरी नगरपालिकाका २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसैगरी कञ्चनपुरका ७ जना कोरोना संक्रमितको सोमवार ज्यान गएको समेत स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७४ जना पुगेको छ । हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा ६६ जना कोरोना संक्रमित रहेका र आइ सी एच को भवनमा रहेको आइशोलेसनमा २१ जना कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।