निषेधाज्ञाको समयमा कालोबजारी भइ रहेको उपभोक्ताले गुनासो गरेपनि कञ्चनपुरमा बजार अनुगमन प्रभावकारी बन्न सकेन्,

 कञ्चनपुरका कतिपय पालिकाहरुले निशेधाज्ञाको समयमा एक पटक पनि बजार अनुगमन नगरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने भन्दै लगाइएको निषेधाज्ञाको अवधिमा कालोबजारी भइ रहेको भन्दै उपभोक्ताहरुले गुनासो गरी रहेका भएपनि कञ्चनपुरका कपितय पालिकाहरुले भने बजार अनुमगन नगरेका पाइएको हो । निषेधाज्ञा जारी भएदेखि हालसम्म कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकामा एक पटक पनि बजार अनुगमन नभएको जनाइएको छ । यही बैशाख १६ गतेदेखी कञ्चनपुरमा निशेधाज्ञा लागु भए यता बेलौरी नगरपालिकामा हालसम्म एक पटक पनि बजार अनुगमन हुन नसकेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले स्वीकार गर्नु भयो ।

 यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तर्गतको बजार अनुगमन समितीका सदस्य दिल बहादुर देउवाले पनि निशेधाज्ञाको अवधिमा कृष्णपुर नगरपालिकामा एक पटक पनि बजार अनुगमन नगरिएको कुरा स्वीकार गर्नुभयो । उहाले निशेधाज्ञाको फाइदा उठाउदै बजारमा सामानहरुको मुल्य बृद्धी गरी बिकी्र बितरण भइरहेको अनौपचारिक रुपमा सुन्नमा आएको बताउदै आधिकारीक रुपमा बजार अनुगमन भने हुन नसकेकाले सम्बन्धीत सबैको यस विषयमा ध्यानाकर्षण हुन जरुरी रहेको बताउनु भयो । साथैे समयमै बजार अनुगमन गर्नुपर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका अन्तर्गतको बजार अनुगमन समितीका सदस्य देउवाले जोड दिनुभयो ।

 तर यता कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने निशेधाज्ञाको अबधिमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरसंगै संयुक्त रुपमा २ पटक बजार अनुगमन गरेको जनाएको छ । भीमदत्त नगरपालिका अन्तर्गतको बजार अनुगमन समितीका सदस्य सुवास अधिकारीले भीमदत्त नगरपालिकाले अलग्गै बजार अनुगमन नगरेको भएपनि जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरसंग संयुक्त रुपमा भने निशेधाज्ञाको अबधिमा दुइ पटक बजार अनुगमन गरेको शुक्लाफाटा एफ्.एमलाइ जानकारी दिनुभयो । पछिल्लो समय कञ्चनपुरमा निषेधाज्ञाको फाइदा उठाउँदै कालोबजारी भइ रहेको उपभोक्ताहरुको गुनासो छ । वस्तु तथा सेवाहरुको मुल्यवृद्धि, कृत्रिम अभाव सिर्जना, म्याद नाघेका वस्तुहरुको बिक्री वितरण भइ रहेको उपभोक्ताहरुको गुनासो आइ रहेकाले बजार अनुगमनको व्यवस्थापन कसरी गरी रहनु भएको छ भनि कञ्चनुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोसंग बुझ्दा उहाले कञ्चनपुरमा पालिकाहरुले निशेधाज्ञाको अवधिमा बजार अनुगमन गरिरहेका शुक्लाफाटा एफ्.एम.संगको प्रत्यक्ष कुराकानीमा बताउनुभएको थियो ।

 तर कञ्चनपुरका कतिपय पालिकाहरुले भने निशेधाज्ञाको समयमा एक पटक पनि बजार अनुगमन नगरेको पाइएको हो । निशेधाज्ञाको अबधिमा बजारमा कालोबजारी बढेको भन्दै बजार अनुगमनलाई सम्बन्धीत तह र निकायले गम्भीरतापुर्बक लिनुपर्ने सरोकारवालाहरुको भनाइ छ । नेपालमा संघीयता आएर तीन तहका सरकार बनिसकेर बजार अनुगमनको जिम्मेवारी स्थानीय तहले पाएका भएपनि प्रभावकारी रुपमा पालिकाहरुले बजार अनुगमन नगरी दिदा उपभोक्ताहरु मारमा परिरहेकाले पालिकाहरुले बजार अनुगमनमा ध्यान दिन आवश्यक रहेको जानकारहरुले बताएका छन् ।

सम्बन्धित

Comments are closed.