कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेका किसानहरुलाई कृषी औजार वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमकाबीच वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रम अन्र्तगत आएका कृषि यन्त्र उपकरणहरु हस्तान्तरण गर्नुका साथै सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको छ । मुख्यमन्त्री नमुना गाउ तरकारी खेती समन्वय समितिका अध्यक्ष गोपाल नाथको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि कृषि कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा। दिलबहादुर बिष्ट रहनु भएको थियो भने विशिष्ट अतिथिमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बीरबहादुर डगौरा रहनु भएको थियो ।
वेदकोट नगरपालिका वडा नम्बर ७ मा सञ्चालित उक्त मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रम अन्र्तगत छुट्याइएका ४ वटा ब्लकहरुबाट छनौट भएका तरकारी खेती गरि रहेका किसानहरुलाई पावर टिलर, बोरिङ, पाइप लगायतका कृषि यन्त्र तथा उपकरणहरु किसानहरुलाई हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर बिष्टले कृषि उपकरणहरुको सदुपयोग हुन सकेमा तरकारीमा आत्मनिर्भर बन्न सकिने बताउदै कृषि यन्त्र उपकरणहरुको सदुपयोग गर्न आग्रह समेत गर्नु भयो ।
यस्तै ३ लाख रुपैया बराबरको किसानहरुको लागि भ्रमण शीर्षकमा बजेट रहेकोमा कोरोनाको प्रभावका कारण भ्रमण स्थिगित गरी किसानहरुलाई वर्खे तरकारी उत्पादन गर्न सहज होस् भनेर वितरण गरिएको समेत जनाइएको छ । मुख्यमन्त्री नमुना गाउ तरकारी खेती कार्यक्रमको सहयोगी संस्था कृषि ज्ञान केन्द्र कञ्चनपुर रहेको छ ।