कैलालीमा निषेधाज्ञाको अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने ४ वटा बससहित चालक नियन्त्रणमा,

 जिल्ला प्रहरी कार्यालय कैलालीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने ४ वटा बससहित चालकलाई नियन्त्रणमा लिएको छ । कैलालीका विभिन्न स्थानबाट विना पास चलाई रहेका ४ वटा बसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरत चौधरीका अनुसार ना.७ ख ५२६३ नम्बरको बस र उक्त बस चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिय अजय स्वार र ना.८ ख ४९९७ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर २ का ३२ बर्षिय मनोज खड्कालाई नियन्त्रणमा लिईएको हो ।

 यस्तै ना.७ ख ४१४ नम्बरको बस र उक्त बस चालक गौरीगंगा नगरपालिका वडा नम्बर ६ का ३४ बर्षिय ईन्द्र बहादुर कडायत र ना.७ ख ४०२ नम्बरको बस र उक्त बस चालक धनगढी वडा नम्बर ३ का ४८ बर्षिय चिरिन्जिवी डंगोललाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक चौधरीले बताउनु भयो । नियन्त्रणमा लिई बस चलाउने व्यक्तिहरु उपर संक्रामक रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएकोमा निजहरुलाई प्रतिव्यक्ती ६ हजार रुपैया जरिवाना गरी छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक चौधरीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.