मंगलवार कञ्चनपुरका १५ जना कोरोना संक्रमितको ज्यान गएको छ । मंगलवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना, वेदकोट नगरपालिकाका ३ जना र कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका ३ जना रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरको जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ८९ जना पुगेको छ । यस्तै कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमितको ज्यान गएको महाकाली अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनु भयो ।
उहाका अनुसार महाकाली अस्पतालमा अहिले कोरोनाको सङक्रमणको लक्षणसहित ८९ जनाको उपचार भइरहेको छ । अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा अक्सिजन आपूर्ती हुन नसकिरहेको महाकाली अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले बताउनु भयो । अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिनु भयो । कञ्चनपुरमा कोरोना संक्रमित र कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दो रहेकाले स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य क्षेत्रका जानकारहरुले आग्रह गरेका छन् ।
Comments are closed.