असिना पानीका कारण बैतडीका विभिन्न स्थानका किसानले लगाएका तरकारी र फलफूलमा क्षति पु¥याएको छ । बुधबार बेलुकी परेको असिनापानीका कारण बैतडीको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा लगाएको तराकारी र फलफूलमा क्षति पु¥याएको हो । साँझ करिब १ घण्टासम्म लगातार परेको असिनाले किसानको खेतमा लगाएको तरकारी र फलफूल खेतीमा क्षति पु¥याएको हो । दोगडाकेदार गाउँपालिका लगायतका क्षेत्रमा तरकारी, फलफूल र कृषी बालीमा व्यापक क्षति भएको बैतडीको दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिनु भयो ।
असिनापानीको कारण बैतडीका विभिन्न गाउँमा कृषि बालीमा व्यापक क्षति पुगेको हो । असिनापानी र ढलको पानीका कारण तरकारी खेतीमा व्यापक क्षति भएको जनाइएको छ । व्यावसायिक तरकारी खेती गर्दै आएका किसानहरुको तरकारी असिनाले नष्ट गरेपछि किसानहरू चिन्तित भएका छन् । तरकारी बेचेरै दैनिक जीविकोपार्जन गर्ने गरेकोमा उक्त तरकारी असिनाले नष्ट गरिदिएपछि समस्या भएको किसानहरुले बताएका छन् । यस्तै, बुधबार साँझ नै परेको असिनापानीले बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ मेल्डुंग्रास्थित किसानको तरकारी बालीमा क्षति पुर्याएको छ । यसअघि बैतडीको शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि असिनापानीले तरकारी र फलफूलमा क्षति पु¥याएको थियो ।