कञ्चनपुरका १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 कञ्चनपुरका १ सय २७ जना कोरोना संक्रमित बिहीवार संक्रमणमुक्त भएका छन् । यस्तै बिहिवार कञ्चनपुरका १ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा १ सय ४८ जना र ऐन्टिजिन परिक्षणमा ४० जनामा कोरोना भाइरसको संक्रमिण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । बिहीवार पिसीआर परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९० जना, वेदकोट नगरपालिकाका ८ जनाm शुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिकाका १३ जना, बेलौरी नगरपालिकाका ३३ जना, लालझाडी गाउपालिकाका १ जना र दोधारा चादँनी नगरपालिकाका १ जना रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 साथै बिहीवार एन्टिजेन परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको दोधरा चादनी नगरपालिकाका ३० जना, महाकाली अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा र गड्डाचौकी नाकामा गरिएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी हाल कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा ६५ जना कोरोना संक्रमितको आइशोलेसनमा उपचार भइ रहेको छ भने आइसीएचको भवनमा रहेको आइशोलेसनमा ३४ जना कोरोना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै बिहीवार कञ्चनपुरका ४ जना कोरोना संक्रमितको ज्यान गएको समेत जनाइएको छ । बिहीवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना कोरोना संक्रमित। वेदकोट नगरपालिकाका १ जना कोरोना संक्रमित र बेलौरी नगरपालिकाका १ जना कोरोना संक्रमितको ज्यान गएको हो । योसंगै कञ्चनपुरमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९८ जना पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.