दार्चुलाको महाकाली नगरपालिकामा कोरोनाको संक्रमण बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढ्दो रहेको दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । कोरोनाको संक्रमण बढि रहेको हुदा ५० शैय्याको आइशोलेसन बनाउने तयारी समेत भइ रहेको उहाले बताउनु भयो । बिहीवारसम्मको तथ्यांक अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइ सकेको र एक जनाको कोरोनाको संक्रमणको कारण ज्यान गइ सकेको महाकाली नगरपालिकाका नगर प्रमुख भट्टले बताउनु भयो ।
हाल कोरोना संक्रमण पुष्टि भएकाहरुका लागि उपचारको प्रवन्ध कसरी मिलाउनु भएको छ भनी प्रश्न गर्दा दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले स्वास्थ्य अवस्था सामान्य रहेका कोरोना संक्रमितहरुलाई होम आइशोलेसनमा राख्ने गरेका र स्वास्थ्य अवस्था गम्भीर भएकाहरुको भने जिल्ला अस्पताल दार्चुलामा उपचार हुने गरेको बताउनु भयो । होम आइशोलेसनमा बसेकाहरुको निगरानी गर्नका लागि स्वास्थ्यकर्मी, जनप्रतिनिधी परिचालित गरिएको बताउदै दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले भारतबाट फर्किनेहरुको क्रम भने कायमै रहेको बताउनु भयो । हाल दार्चुलाको महाकाली नगरपालिकाका मात्रै दैनिक १० देखि १५ जना भारतबाट फर्कि रहेका दार्चुलाको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले जानकारी दिनु भयो । भारतबाट फर्किनेहरुको नाकामै परीक्षण हुने गरेको उहाले बताउनु भयो ।