कञ्चनपुरमा शुक्रवार १ सय १२ जना कोरोना संक्रमित कोरोनाको संक्रमणमुक्त भएका छन् । शुक्रवार कोरोनाको संक्रमण मुक्त हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४० जना, वेदकोट नगरपालिकाका ५ जना, शुक्लफाटाँ नगरपालिकाका १७ जना, कृष्णपुर नगरपालिकाका १४ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएका ३६ जना संक्रमित कोरोना मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै हालसम्म कञ्चनपुरमा कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ३ हजार १ सय १४ जना पुगेको छ । यस्तै शुक्रवार कञ्च्नपुरका थप १ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रवार आरटीपिसिआर परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९३ जना, वेदकोट नगरपालिकाका ६ जना, शुक्लाफाँटा नगरपालिकाका २, कृष्णपुर नगरपालिकाका १ जना, दोधारा चादँनी नगरपालिकाका ३ जना र बेल्डाडी गाउपालिकाका ५ जना रहेका छन् । यस्तै एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका २८ जना, पुर्नवास नगरपालिकाका १२ जना, महाकाली अस्पतालमा गरिएको परीक्षणमा १ जना र गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म कञ्चनपुरमा आरटीपिसिआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या ३ हजार ४ सय ९२ पुगेको छ भने एन्टिजेन परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या १ हजार ३ सय ८४ जना पुगेको छ । हाल कञ्चनपुरमा आरटीपिसिआरबाट कोरोना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुमध्ये १ हजार ३ सय २९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएकाहरुमध्ये ४ सय ८ जना कोरोनाका संक्री संक्रमित रहेका छन् ।
हाल कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ६२ जनामा कोरोना भाइरसका संक्रमितको उपचार भइ रहेको छ भने आइसीएचको भवनमा रहेको आइशोलेसनमा ४० जना कोरोना संक्रमितको उपचार भइ रहेको छ । यसैगरी शुक्रवार कञ्चनपुरमा थप ८ जना कोरोना संक्रमितको ज्यान गएको छ । शुक्रवार ज्यान गुमाउने कोरोना संक्रमितमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, वेदकोट नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका २ जना, पुर्नवास नगरपालिकाका १ जना र कैलालीको गोदावरी नगरपालिकाका १ जना रहेका छन् । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या कञ्चनपुरमा १ सय ५ जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटरले जनाएको छ ।
Comments are closed.