महाकाली अस्पताललाई ५० शिलिण्डर अक्सिजन सहयोग

 कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पताललाई ५० शिलिण्डर अक्सिजन सहयोग गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवर र गरिमा विकास विकास बैंक महेन्द्रनगरका व्यवस्थापक राजन अवस्थीले ५० शिलिण्डर अक्सिजन सहयोग गर्नु भएको हो । वडाध्यक्ष कुँवरले प्रदेश, संघीय सरकारले महाकाली अस्पतालमा अक्सिजन आपूर्तिका लागि सहयोग नगरेपछि हातेमालो गरेको बताउनु भयो ।

 भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष कुँवरले बजारमा रहेका खाली १० शिलिण्डर, नयाँ खोजेर बाँकी ४० थप्दै भरेर अस्पतालमा बुझाएको बताउनु भयो र अक्सिजन अभावकै कारण नागरिकले ज्यान गुमाईरहेका बताउदै उहाले यो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो । विपद्को सामना र अक्सिजन खरिदका लागि सहयोग, सद्भाव देखाएको भन्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आभार प्रकट गर्दै सबै मिलेर विपद्को सामना गर्नुपर्नेमा जोड दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.