कैलालीको धनगढीमा ‘कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउदा अटो एम्बुलेन्स’ सेवा सुरु

 कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीको धनगढीमा ‘अटो एम्बुलेन्स’ सेवा सुरु गरिएको छ । रोयल कोल्याबोरेटिभ्सले शुक्रवारबाट अटोमार्फत भए पनि कोरोना संक्रमितहरुलाई अस्पताल सम्म पुराउने अभियान सुरु गरेको हो । कैलालीको धनगढीमा रहेको रोयल कोल्याबोरेटिभ्स धनगढीले कोभिड–१९ हेल्थडेस्क समेत सञ्चालनमा ल्याएको छ । त्यहाँका जनतालाई सहज होस् भन्ने उदेश्यले नि ःशुल्क एम्बुलेन्स सेवा समेत सुरु गरिएको जनाएको छ ।

 कोरोनाको दोस्रो लहर सुरु भएसगै त्यसको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेशमा पनि परेको छ । यहाँका नागरिकले एम्बुलेन्स नपाएर अकालमै ज्यान गुमाईरहेका बेला त्यो समस्यालाई समाधान गर्नको लागि धनगढी उपमहानगरपालिकाको प्राङ्गणमै हेल्थडेस्क सहित नि ःशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको रोयल कोल्याबोरेटिभ्स धनगढीले जनाएको छ । बढ्दो कोरोना संक्रमणका कारण कैलाली प्रशासनले जेठ ६ गतेसम्म निषेधज्ञा जारी गरेको छ ।

सम्बन्धित

Comments are closed.