कैलालीमा शनिबार ६ जना कोरोना संक्रमितको ज्यान गयो

 कैलालीमा शनिबार एकै दिन ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा उहाहरुको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेमा सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका ५ र बैतडीका १ जना कोरोना संक्रमितको ज्यान गएको हो । शनिवार ज्यान गुमाउनेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय पुरुष, बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का ४० वर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर १० की ५८ वर्षीया महिला, गोदावरी नगरपालिका वडा नम्बर १० कै ६४ वर्षीय पुरुष र गोदावरी नगरपालिका वडा नम्बर १ का ४१ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनु भयो ।

 साथै बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुुरुषको पनि कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप पाँच सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आठ सय ३५ जनाको स्वावको नुमना परीक्षण गरिएकोमा पाँच सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

 शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा पाँच सय ३५ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाका अनुसार धनगढी उपमहानगरपालिकाका एक सय ७० पुरुष र एक सय दुई महिला गरी दुई सय ७२ जना तथा कैलालीकै अन्य पालिकाका एक सय ७५ पुरुष र ८८ महिला गरी दुई सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा कैलाली बाहेकका अन्य जिल्लाका १६ जना पुरुष र ४ जना महिला गरि २० जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.