शनिवार कञ्चनपुरका १ सय जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । शनिवार कोरोनाको संक्रमण मुक्त हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९७ जना र महाकाली अस्पतालमा उपचाररत ३ जना रहेका छन् । शनिवार संक्रमणमुक्त भएका १ सय जनासंगै हालसम्म कञ्चनपुरमा ३ हजार ७ सय ६ जना कोरोना सक्रमित कोरोनाको संक्रमण मुक्त भएका छन् । यस्तै शनिवार कञ्चनपुरमा थप २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार आरटी पिसीआर परीक्षण गर्दा २ सय ११ जनामा र एन्टिजेट विधिबाट परीक्षण गर्दा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
शनिवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६३ जना, वेदकोट नगरपालिकाका ४२ जना, शुक्लाफाँटा नगरपालिकाका ४६ जना, कृष्णपुर नगरपालिकाका ६ जना, बेलौरी नगरपालिकाका १५ जना, दोधारा चादँनी नगरपालिकाका ३ जना, पुर्नवास नगरपालिकाका १८ जना, लालझाडी गाउपालिकाका ६ जना र बेल्डाडी गाउपालिकाका १२ जना रहेका छन् । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन विधिबाट परीक्षण एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी शनिवार कञ्चनपुरमा ४ जना कोरोना संक्रमितको ज्यान गएको छ । शनिवार कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना र दोधारा चादँनी नगरपालिकाका २ जना पुगेका छन् । शनिवार थप ४ जना कोरोना संक्रमितको ज्यान गएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९ जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।