कञ्चनपुरमा आईतवार थप १ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त

 कञ्चनपुरमा आईतवार थप १ सय १८ जना कोरोना संक्रमित कोरोनाको संक्रमणमुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ६३ जना र पिसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ५५ जना गरी आइतवार कुल १ सय १८ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै हालसम्म कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको कुल संख्या ३ हजार ३ सय २९ जना पुगेको छ । यस्तै कञ्चनपुरमा आइतवार थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर परीक्षण गर्दा ९३ जनामा र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 आईतवार गरिएको आरटीपिसीआर परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६२ जना, वेदकोट नगरपालिकाका १० जना, कृष्णपुर नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका १५ जना, दोधारा चादँनी नगरपालिकाका २ जना, लालझाडी गाउपालिकाका २ जना र बेलडाँडी गाउपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट परिक्षण गर्दा भीमदत्त नगरपालिकाका १९ जना, दोधारा चादँनी नगरपालिकाका १५ जना, पुर्नवास नगरपालिकाका ५ जना र कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

 आइतवार कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका १ जना, दोधारा चादँनी नगरपालिकाका १ जना र वेदकोट नगरपालिकाका १ जना रहेका छन् । योसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या १ सय १५ जना पुगेको छ । त्यसमध्ये ८३ जना पुरुष रहेका छन् भने ३२ जना महिला रहेका स्वास्थय कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.