कञ्चनपुरमा सुकुम्बासीका नाममा सामुदायिक वनमा बनाइएका टहरा भत्काइयो

 कञ्चनपुरमा सुकुम्बासीका नाममा सामुदायिक वनमा बनाइएका टहरा भत्काइएको छ । कञ्चनपुरमा कोरोनाको संक्रमण रोकथाम गर्ने भन्दै निषेधाज्ञा जारी गरिएका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीस्थित वीरेन्द्र स्मृति सामुदायिक वनमा सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी टहरा निर्माण सुरु गरिएको छ । सकुम्बासीका नाममा सामुदायिक वनमा बाँसका १२ भन्दा बढी टहरा निर्माण गरिएको पाइएपछि सशस्त्र प्रहरी र सामुदायिक वनका पदाधिकारीले भत्काएका छन् ।

 टहरा निर्माण गर्नेलाई त्यस क्षेत्रबाट हटाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनु भयो । केही दिनअघि मात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित नवदुर्गा महिला सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका १०० भन्दा बढी व्यक्तिलाई सबडिभिजन वन कार्यालय वाणी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सामुदायिक वनका उपभोक्ताको सहयोगमा हटाइएको थियो ।

सम्बन्धित

Comments are closed.