कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि
कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ सय ४७ नमूना परीक्षण गर्दा ४ सय ३५ जनामा संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनु भयो । संक्रमितमध्ये कैलालीको धनगढीका मात्रै १३८ जना रहेका छन् ।
यस्तै धनगढीबाहेक कैलालीका २७८ जना र कैलाली बाहेकका अन्य जिल्लाका १९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । हाल अस्पतालमा १०९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । तीमध्ये १ जना भेन्टिलेटरमा, १५ जना आइसियूमा, ८९ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट एक जना निको भई घर फर्किएका र थप ४ जना अस्पताल भर्ना भएका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पछिल्लो २४ घण्टामा सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै हाल अस्पतालको इमर्जेन्सी वार्डमा २० पुरुष र ६ महिला गरी २६ जना उपचाररत छन् ।