कञ्चनपुरमा प्रहरीले काठ र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा सोमवार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुर बस्ने वर्ष ४० का जय बहादुर बिष्टले भीमदत्त नगरपालिका वडा नम्बर ३ मा नै रहेको स्मुर्ती सामुदायिक बन भित्र रहेको सिसमको सुकेको रुखकाटी ६ गोलिया सिसमको काठ अन्दाजी २७.९१ क्यु फिट काठ लगी रहेको अबस्थामा पक्राउ गरेको हो ।
सो फेला गरिएको काठ कानुन बमोजिम बरामद गरी आवश्यक कार्वाहीको लागी मानिस सहित सब डिभिजन वन कार्यालय बह्ममदेबलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरीस नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो । यसैगरी आइतवार साझको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्क स्थित भारतबाट भन्सार, छली चोरी पैठारी गरी ल्याएका चैनी खैनी प्रहरीले बरामद गरेको छ । अन्दाजी एकसठ्ठी हजार छ सय रुपैया बराबरको चैनी खैनी बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी सोमवार गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
Comments are closed.