कञ्चनपुरमा सोमवार १ सय ६० जना कोरोना संक्रमित संक्रमण मुक्त

 कञ्चनपुरमा सोमवार थप १ सय ६० जना कोरोना संक्रमित कोरोनाको संक्रमण मुक्त भएका छन् । सोमवार कोरोनाको संक्रमणमुक्त हुनेमा भीमदत्त नगरपालिकाका १ सय १४ जना र एन्टिजेन परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ४६ जना रहेका छन् । सोमवार थप १ सय ६० जना कोरोनाको संक्रमणमुक्त भएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको कुल संख्या ३ हजार ५ सय २ जना पुगेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सोमवार कञ्चनपुरमा थप १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 आरटीपिसीआर परिक्षण गर्दा १ सय ७ जना र एन्टिजेन विधिबाट परिक्षण गर्दा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा आरटीपिसीआर परिक्षण गर्दा भीमदत्त नगरपालिकाका ६६ जनामा, वेदकोट नगरपालिकाका १३ जनामा, शुक्लाफाँटा नगरपालिकाका २७ जनामा र कृष्णपुर नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 यस्तै एन्टिजेन विधिबाट परिक्षण गर्दा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जना, दोधारा चादँनी नगरपालिकाका १२ जना र पुर्नवास नगरपालिकाका १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै सोमवार कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । सोमवार ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय पुरुष, भीमदत्त नगरपालिकाकै वडा नम्बर २ की ७८ वर्षीया महिला, भीमदत्त नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय पुरुष, पुर्नवास नगरपालिकाकै वडा नम्बर ८ का ४५ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चादँनी नगरपालिका वडा नम्बर ८ की ७० वर्षीया महिला रहेकी छन्

सम्बन्धित

Leave A Reply

Your email address will not be published.