डडेल्धुरामा जारी गरिएको निषेधाज्ञाको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्ने भन्दै गरिएको निषधाज्ञाको अवधि जेठ १५ गते राती १२ बजेसम्मका लागि थप गरिएको हो । डडेल्धुरामा कोरोना भाइरसको संक्रमणको खतरा उच्च रहेको सन्दर्भमा यसको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) ले दिएको अधिकार प्रयोग गरि यही जेठ ४ गते राती १२ बजेदेखि यही जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धराले जनाएको छ ।