कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली अस्पताललाई आर्थिक सहयोग गरिएको छ । पन्त समाज नेपाल, कंचनपुरले अक्सिजन सिलेण्डर खरीद गर्न ३२ हजार रुपैया सहयोग गरेको हो । अक्सिजनको अभावमा, विरामीहरुले अकल्पनीय रुपमा ज्यान गुमाई रहनु परेको वर्तमान अवस्थालाई हृदयंगम गरी सहयोग गरिएको जनाइएको छ । पन्त समाज नेपाल, कंचनपुरका तर्फबाट अक्सिजन सिलेण्डर खरीद गर्न बत्तीस हजार रुपैया बराबरको चेक सोमवार पन्त समाज नेपाल, कंचनपुरका अध्यक्ष डा. टेकराज पन्त, उपाध्यक्ष, डा. भोजराज पन्त तथा कोषाध्यक्ष नारायण दत्त पन्तको सहभागितामा सामूहिक रुपमा महाकाली अस्पतालमा पुगेर महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीलाई चेक हस्तान्तरण गरिएको हो ।