कैलालीमा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

 कैलालीमा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ सय ५५ जनाको स्वावको नमुना परिक्षण गर्दा कैलालीका ३ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कैलालीको धनगढी उपमहानगरपालिका भित्रका मात्रै १ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । धनगढी उपमहानगरपालिका बाहेक कैलालीका अन्य स्थानीय तहका १ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लाका ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 अहिले सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा १ सय ११ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाइएको छ । ती मध्ये १ जना भेन्टिलेटरमा र १६ जना आइसियुमा छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत १३ जना कोरोनाको संक्रमण मुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको ज्यान गएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ जना र कैलालीको धनगढी उपमहानगरपालिकाका एक जनाको ज्यान गएको छ ।

सम्बन्धित

Comments are closed.