कञ्चनपुरमा मंगलवार १ सय २७ जना कोरोना संक्रमित संक्रमण मुक्त

 कञ्चनपुरमा मंगलवार थप १ सय २७ जना कोरोना संक्रमित कोरोनाको संक्रमण मुक्त भएका छन् । मंगलवार कोरोना भाइरसको संक्रमणमुक्त हुनेमा कञ्चनपुरको कञ्चनपुरको भीमदत्त नगरपालिका नगरपालिकाका ४४ जना, शुक्लाफाँटा नगरपालिकाका ४३ जना, एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएका ४० जना कोरोनाको संक्रमण मुक्त भएका छन् । योसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ३ हजार ६ सय २९ जना पुगेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै मंगलवार कञ्चनपुरमा थप १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 आरटीपिसीआर परिक्षण गर्दा १ सय १६ जनामा र एन्टिजेन परिक्षण गर्दा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ७५ जना, वेदकोट नगरपालिकाका ४ जना, दोधारा चाँदनी नगरपालिकाका २० जना, शुक्लाफाँटा नगरपालिकाका ३३ जना, कृष्णपुर नगरपालिकाका १ जना, बेलौरी नगरपालिकाका १० जना, पुर्नवास नगरपालिकाका १० जना र बेल्डाडी गउपालिकाका ८ जना रहेका छन् ।

 यसैगरी मंगलवार कञ्चनपुरमा ७ जना कोरोना संक्रमितको ज्यान गएको छ । मंगलवार ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका वडा नम्बर ३ का ६८ वर्षीया महिला, भीमदत्त नगरपालिकाकै वडा नम्बर १४ का ६९ वर्षीया महिला, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का ५१ वर्षीय पुरुष, कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३२ वर्षीय पुरुष, दोधारा चादँनी नगरपालिका वडा नम्बर २ का ४१ वर्षीय पुरुष र कपिलवस्तुका ४७ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । हाल कञ्चनपुरको महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ७४ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ भने कञ्चनपुरको आइसीएच भवनमा रहेको आइशोलेसनमा २६ जना कोरोना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित

Comments are closed.