दार्चुलाको व्यास गाउँपालिकाको छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण शुरु,

 दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रम अन्र्तगत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको छाङ्गरुबाट कालापानी जाने बाटो ठाउँठाउँमा पहिरो गएर भत्किएपछि अहिले प्रदेशको विशेष कार्यक्रम अन्तर्गत निर्माण भइरहेको हो । यसअघि सो क्षेत्रमा पञ्चायत कालमा घोरेटो बाटो निर्माण गरिएको थियो । पञ्चायतकालयता मर्मत हुन नसकेको बाटो अहिले आएर प्रदेश विशेष योजनाअन्तर्गत निर्माण भइरहेको छ ।

 सुदुरश्चिम प्रदेश सरकारको रु ३० लाखमा छाङ्गरुदेखि कालापानी जोड्ने बाटो निर्माण तथा बाटो मर्मतको काम भइरहेको दार्चुलाको व्यास गाउपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुदेखि कालापानीसम्म झण्डै १४ किलोमिटर बाटो पर्दछ । विगतमा स्थानीयवासीले आवतजावत गर्दै आएको यो बाटो पछिल्लो समय भारतले कालापानीमा आफ्नो सेना राखेपछि स्थानीयलाई आवतजावतमा रोक लगाएको छ । तीन वर्ष अघिसम्म स्थानीयले सहज रुपमा कालापानी क्षेत्रसम्म पूजा गरेर आउँथे ।

 नेपालले आफ्नो भूमि भएको दाबी गर्दैै नक्सा प्रकाशन गरेपछि भारतले झन नेपालको भूमि मिचेर अगाडि बढेको उहाँको भनाइ छ । निर्माणाधीन बाटोको जनप्रतिनिधि र सशस्त्र प्रहरीको टोलीले संयुक्त टोलीले अनुगमन गरेको छ । दार्चुलाको व्यास गाउपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा तथा तथा छाङगरुस्थित ५० नम्बर गुल्मका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) धीरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली टोलीले केही सिमयअघि घोरेटो बाटोको अनुगमन गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले व्यासमा विशेष कार्यक्रम सञ्चालन गरेको छ । भारतले लिपुलेक सडकको उद्घाटनपश्चात त्यस क्षेत्रमा भ्रमणमा पुगेका सुदरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रका लागि प्रदेश सरकारले विषेश प्याकेज ल्याउने घोषणा गर्नुभएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.