कैलालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गयो

 कैलालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । कैलालीका धनगढी स्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनु भयो । ज्यान गुमाउनेमा कैलालीका ४ जना जना डोटी र कञ्चनपुरका १ ÷१ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कैलालीमा २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा सबै भन्दा धेरै १८५ जना र कैलालीमा अन्य स्थानीय तहमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । कैलाली बाहेकका जिल्लाका ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा ५०९ जनाको परीक्षण गर्दा ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.