कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा मोबाइलमा टावर नआउदा फोन गर्न समस्या

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा मोबाइलमा टावर नआउदा फोन गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । बेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी गाउँमा मोबाइलमा टावर नआउदा सेवाग्राहीलाइ समस्या भएको हो । नेपाल टेलिकमको महेन्द्रनगर शाखा कञ्चनपुरमा सेवाग्राहीले एक महिना पहिले टेलीफोन टावर मर्मत गर्न ध्यानाकर्षण गराएपनि हालसम्म टेलिफोन टावर मर्मत नहुँदा समस्या भएको बेदकोट नगरपालिका वडा नम्बर ७ गाउँजीका स्थानीय गोबिन्द प्रसाद भट्टले गुनासो गर्नुभयो । यस बिषयमा नेपाल टेलिकमको महेन्द्रनगर शाखा कञ्चनपुरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.