कञ्चनपुरमा बुधवार थप १ सय ४ जना कोरोनाको संक्रमण मुक्त भएका छन् । बुधवार कोरोना भाइरसको संक्रमणमुक्त हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका नगरपालिकाका ५७ जना, बेल्डाडी गाउपालिकाका ७ जना, लालझाडी गाउपालिकाका ७ जना, एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएका ३३ जना कोरोनाको संक्रमण मुक्त भएका छन् । योसंगै कञ्चनपुरमा हालसम्म कोरोनाको संक्रमणमुक्त हुनेको कुल संख्या ३ हजार ७ सय ३३ जना पुगेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै बुधवार कञ्चनपुरमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपिसीआर परिक्षण गर्दा ५३ जनामा र एन्टिजेन परिक्षण गर्दा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधवार आरटी पिसीआर परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका ४८ जना, वेदकोट नगरपालिकाका ३ जना, शुक्लाफाँटा नगरपालिकाका १ जना, कृष्णपुर नगरपालिकाका १ जना रहेका छन् । एन्टिजेन विधिबाट परिक्षण कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, दोधारा चादँनी नगरपालिकाका १३ जना, पुर्नवास नगरपालिकाका ३ जना, बेल्डाडी गाउपालिकाका ४ जना र गड्डाचौकीमा परिक्षण गर्दा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी बुधवार कञ्चनपुरमा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
मंगलवार ज्यान गुमाउनेमा भीमदत्त नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीया महिला, भीमदत्त नगरपालिका वडा नम्बर १८ का ८० वर्षीय पुरुष, भीमदत्त नगरपालिका वडा नम्बर वडा नम्बर ८ का ७५ वर्षीया महिला, भीमदत्त नगरपालिका वडा नम्बर १८ का ७१ वर्षीय पुरुष, कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ६९ वर्षीय पुरुष र कञ्चनपुरको लालझाडी गाउपालिका वडा नम्बर ५ का ३० वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । हाल कञ्चनपुरको महाकाली अस्पतालमा रहेको आइशोलेसनमा ८३ जना कोरोना संक्रमितको उपचार भइ रहेको छ भने कञ्चनपुरको आइसीएच भवनमा रहेको आइशोलेसनमा २४ जना कोरोना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ