पछिल्लो २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित संक्रमण मुक्त

 पछिल्लो २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित कोरोनाको संक्रमण मुक्त भएका छन् । योसहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ६४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक सय नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । बुधवार पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार चार सय ८६ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ४६ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार ६ सय ५७ पुगेको छ ।

सम्बन्धित

Comments are closed.